चिनियाँ राजदुत यान्छीको कार्यकाल सकियो, आगामी महिना चीन फर्कँर्दै

डिसी नेपाल
१५ असोज २०७९ २१:३४

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्कने भएकी छन् ।

आफनो चार वर्षे कार्यकाल पूरा गरी यान्छी अर्को महिना चीन फर्किन लागेकी हुन् ।

‘चीन सरकारले राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स (आसियान) क्षेत्रको राजदूतको रुपमा पठाउने भएको छ’, स्रोतले भन्यो ।

राजदूत होउ फर्केसँगै नेपालका लागि नयाँ राजदूतमा को आउने हो ? त्यसबारेमा भने कुनै निर्णय चिन सरकारले सार्वजनिक गरेको छैन । यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रुपमा नेपाल आएकी थिइन् ।

उनले यस महिनामा राष्ट्रपति, प्रधानमन्त्री देखी राजनीतिक दलका शिर्ष नेताहरुसँग बिदाई भेट गर्नेछिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *