दशैंको शुभकामना दिँदै प्रचण्डको अपिल– निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिनुस्

डिसी नेपाल
१६ असोज २०७९ ७:१४

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपिल गरेका छन्।

दशैं, तिहार, छठ, नेपाल संवत्, ल्होसार लगायतका पर्वको शुभकामना दिँदै अध्यक्ष प्रचण्डले भने, ‘आगामी मंसिर ४ गते हुनगइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनुहुन आम जनसमुदायमा हार्दिक अपील गर्दछु।’

शुभकामना सन्देशमा उनले भनेका छन्, ‘‘दशैं, तिहार, छठ, नेपाल संवत्, ल्होसार लगायतका चाडपर्वहरूको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक मुलुक हो । हामी नेपालीहरुको मौलिक विशेषता भनेकै विविधतामा एकता हो।’

असत्य माथिको सत्यको विजयका रूपमा मनाइने नेपाली सांस्कृतिक पर्वहरूले सबैमा उत्साह, उमंग र राष्ट्रियताको जगेर्ना गर्ने उत्प्रेरणा पैदा गरोस् भनी प्रचण्डले शुभकामना व्यक्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *