लेवान्डोस्कीको गोलमा बार्सिलोनाको जित

डिसी नेपाल
१६ असोज २०७९ ८:१२

काठमाडौँ। स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल मालोर्कालाई १-० ले पराजित गरेको छ।

शनिबार राति खेलको २०औं मिनेटमा लेवान्डोस्कीले गरेको गोल नै निर्णायक बन्यो र तीन अंक प्राप्त गर्‍यो। लेवान्डोस्कीले पछिल्ला ७ लिग खेलमा ९ गोल गरेका छन्।

जितसँगै बार्सिलोना ७ खेलबाट १९ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । मालोर्का ८ अंक सहित दशौं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *