राष्ट्रपतिद्वारा पलाञ्चोक भगवती मन्दिर दर्शन

डिसी नेपाल
१७ असोज २०७९ १७:२९

पलाञ्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले महाअष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआजा गरेकी छन् ।

राष्ट्रप्रमुखबाट यसदिन उक्त मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्परा बमोजिम पूजाआजा र दर्शन गरेकी हुन् । उनी नेपाली सेनाको हेलिकप्टरबाट वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा अवतरण गरी बिहान १० बजे मन्दिर परिसर पुगेकी थिइन् । राष्ट्रपति भण्डारीले करिब १५ मिनेट पलाञ्चोक भगवतीको पूजा र दर्शन गरेकी थिइन् ।

जिल्लाको साविक साठीघर भगवती गाविसको पलाञ्चोकमा अवस्थित पलाञ्चोक भगवती मन्दिर शक्तिपीठमध्येको एक हो ।

काभ्रेपलाञ्चोकको पाँचखालबाट सात किलोमिटर पूर्वतर्फ रहेको लिच्छवीकालीन राजा मानदेवको पालामा बनेको सो मन्दिर धार्मिक पर्यटनको एक गन्तव्य पनि हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *