पहिरोले लमही-घोराही प्रसारण लाइनको टावर ढाल्यो, बनाउन केही दिन लाग्ने

डिसी नेपाल
२२ असोज २०७९ १५:०९
60
Shares

काठमाडौं। अविरल वर्षासँगै गएको पहिरोबाट दाङको लमही-घोराही १३२ केभी प्रसारण लाइनको एउटा टावर ढलेको छ। शुक्रबार गएको पहिरोले लमही-घोराही १३२ केभी प्रसारण लाइनअन्तर्गत लमही नगरपालिका–६, बेल्दामारस्थित १८ नं टावर ढालेको हो।

प्रसारण लाइनमा ढलेपछि त्यस क्षेत्रको विद्युत आपूर्तिमा अवरोध भएको थियो। प्राधिकरणले अहिले वैकल्पिक व्यवस्था गरी घरायसी ग्राहकलाई विद्युत दिइएको छ।

प्राधिकरणले हापुरे सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनबाट लमही, घोराहीलगायतका क्षेत्रका घरायसी ग्राहकलाई विद्युत आपूर्ति दिएको छ। त्यस क्षेत्रमा धेरै विद्युत खपत गर्ने सिमेन्ट उद्योगहरु सञ्चालित छन्।

प्राधिकरणले लमही-घोराही १३२ केभी प्रसारण लाइनको टावर नै ढलेपछि आपत्कालीन पुनस्र्थापना प्रणाली (इआरएस) अन्तर्गत रहेको टावर जडान गरी विद्युत आपूर्ति दिने छ। इआरएस टावर जडानका लागि सर्भेक्षण गर्न टोली खटाइएको छ। टावर जडान गर्न केही दिन लाग्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *