२३ पटक रिजेक्ट भएर २४औं पटकमा फाइनल भएको डीडीएलजेको त्यो गीत

डिसी नेपाल
२३ असोज २०७९ ७:३७
1.8k
Shares

मुम्बई। मनोरञ्जन जगतमा फिल्म र फिल्मसँग सम्बन्धित कलाकारसँग जोडिएका किस्सा तथा कथा लोकप्रिय छन्। भारतीय फिल्मको इतिहासमा सर्वाधिक लोकप्रिय र लामो समयसम्म फिल्म हलमा रिलिज भएको फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे (डीडीएलजे)’ को एक किस्सा निकै रोचक छ।

९० को दशकमा रिलिज भएको राज र सिमरनको यो प्रेमकथालाई सबै भारतीय दर्शकले मन पराएका थिए। शाहरुख खान र काजोलको यो शानदार केमिष्ट्री सजिएको फिल्मलाई भारतीय फिल्ममा अहिलेसम्मकै उत्कृष्ट रोमान्टिक फिल्मका रुपमा चित्रण गरिन्छ । यो फिल्म करिब २५ वर्षसम्मम फिल्म हलमा रिलिज भयो। कतिपय हलमा त अहिले पनि यो फिल्म प्रदर्शन भइरहेको छ।

यो फिल्मको एक गीत ‘मेरे ख्वाबों में जो आए’ गीत अहिले पनि उत्तिकै लोकप्रिय छ। काजोललाई चित्रण गरिएको यो गीतलाई गीतकार आनन्द बक्सीले लेखेका हुन्। यो गीत २३ पटक रिजेक्ट भएर २४औं पटक फाइनल भएको थियो।

गीतकार बक्सी पटक पटक यो गीत लेखेर आदित्य चोपडालाई देखाउँथे, तर गीतको बोल मन नपरेको भन्दै चोपडाले हरेक पटक गीत अस्वीकार गर्थे। आनन्दले २३ पटक गीत देखाउँदै २३ पटक नै अस्वीकृत भएको थियो। २४ औं पटकमा भने बक्सीले गीतमा परिवर्तन गरेर आदित्यले गीतलाई फाइनल गरेका थिए।

सन् १९९५ मा रिलिज यो फिल्ममा अमरीश पुरी, अनुपम खेर, फरीदा जलाल, करण जोहार, मन्दिरा वेदीजस्ता कलाकारको अभिनय थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *