पठानको सिक्वेल तयारी सुरु
मुम्बई। अभिनेता शाहरुख खान भलै ‘लाल सिंह चड्डा’ र ‘ब्रह्मास्त्र’ जस्ता फिल्ममा केमियो भूमिकामा देखिइसकेका छन्। तर, उनका फ्यान अझै पनि प्रमुख भूमिकामा अभिनय रहेको फिल्मको व्यग्र प्रतिक्षामा छन्। शाहरुख सन् २०१८ पछि कुनै पनि फिल्ममा प्रमुख भूमिकामा देखिएका छैनन्। यद्यपि सन् २०२३ मा उनका तीन फिल्म रिलिज हुँदैछन् । जसमध्ये फिल्म ‘पठान’ जनवरीमा रिलिज हुँदैछ। तर, यो फिल्म रिलिज हुनुअघि नै यसका निर्माताले सिक्वेल बनाउने तयारी सुरु गरिसकेका छन्।
फिल्मका निर्माता आदित्य चोपडा र उनको टिम यो एक्सन थ्रिलर फिल्मलाई सलमान खानको ‘टाइगर’ प्रेञ्चाइजीकै जस्तो गरी अगाडि लैजाने योजनामा छन्। त्यसकारण उनीहरु यसको सिक्वेल बनाउने औपचारिक निश्कर्षमा पुगिसकेका छन्। पहिलो फिल्मको तुलनामा सिक्वेलमा अझ नयाँ भूमिका जोडिनेछ । फिल्मको टिमले ‘पठान’ को सिक्वेल लेखनको काम सुरु गरिसकेका छन् । फिल्म ‘टाइगर’ को फ्रेञ्चाइजीजस्तै यो फिल्मको कथा पनि भारत बाहिर देश पु¥याउने योजना निर्माण पक्षको छ।
सिद्धार्थ आनन्दको निर्देशनमा बनेको फिल्म ‘पठान’ मा शाहरुख एक स्पाईको भूमिकामा छन्। फिल्ममा दीपिका पादुकोण र जोन अब्राहमको पनि अभिनय छ। यो फिल्म बाहेक सन् २०२३ मा शाहरुख अभिनित फिल्म ‘जवान’ र ‘डंकी’ पनि रिलिज हुँदैछ। शाहरुख पछिल्लो पटक सन् २०१८ मा फिल्म ‘जिरो’मा देखिएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment