चलचित्र ‘कौसीद’को प्रदर्शन मिति घोषणा

डिसी नेपाल
२४ असोज २०७९ १०:०३
64
Shares

काठमाडौँ। बड पिक्चर्सको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘कौसीद’ को प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र आगामी पुष १५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ।

अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेको चलचित्रलाई कुमार भास्करले निर्देशन गरेका हुन्। चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र ‘कौसिद’का निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह–निर्मातामा लक्ष्मण बानियाँ रहेका छन्।

चलचित्रमा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको पटकथा रहेको छ। निसल पौडेलले खिचेको चलचित्रलाई मित्र डि. गुरुङ र भीम विश्वकर्माले सम्पादन गरेका हुन्। ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको चलचित्रले अहिलेको समय र परिस्थितको बास्तबिकता चित्रण गरेको छ। चलचित्रको वितरणको जिम्मा आर आर फिल्म्सले लिएको छ। केहि समय अघि नै प्रदर्शन मिति तोकिएको चलचित्र बिबिध प्राबिधिक कारणले रिलिज पोस्टपोन्ड गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *