धनुषाको एकै पालिकाबाट १५ जना नवौँ राष्ट्रिय खेलकुदका लागि छनोट

डिसी नेपाल
२५ असोज २०७९ १२:५०

धनुषा। धनुषाको एकै पालिकाबाट १५ खेलाडी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका छन्। जिल्लाको मिथिला नगरपालिकाबाट १५ खेलाडी छनोट भएका हुन्। छनोट भएकामध्ये १४ हक्कीेका एकजना खो–खोका खेलाडी भएको स्थानीय हिमालय युवा क्लबका पूर्वध्यक्ष अरुणकुमार महतोले जानकारी दिए।

पन्ध्र खेलाडीमध्ये सात पुरुष र आठ महिला रहेको उनले बताए। ती खेलाडी आज बिहान पोखराका लागि प्रस्थान गरेका छन्। हक्की खेलका लागि छनोट हुनेमा पुरुषतर्फ उमेश श्रेष्ठ, नवीनकुमार महतो, रुपेश राई, अजयकुमार साह, पुरुषोत्तम महतो, अजयकुमार महतो, अमित राय रहेका छन्।

त्यस्तै महिलातर्फ अञ्जलीकुमारी महतो, भूमिकाकुमारी महतो, नीराकुमारी महतो, श्रृति राय, आरतीकुमारी महतो, मधुकुमारी साह, प्रितिकुमारी महरा र अञ्जलीकुमारी साह रहेका छन्। त्यसैगरी खो–खो खेलतर्फ रुपा राई छनोट भएका छन्। आफ्नो पालिकाबाट यतिको सङ्ख्यामा खेलाडी राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएकामा भएपछि आफूहरु निकै खुसी भएकोे मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकीले बताए।

आज बिहान खेलाडीलाई बिदाइ गर्दै खेलाडी र खेलकुदको विकासका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँको भनाइ थियो। हिमालय युवा क्लबका पूर्व अध्यक्ष महतोले भने, “यहाँ धेरै क्रिकेट, फुटबल, भलिबल, ब्याडमिन्टन, कबड्डी, कराँतेलगायत खेल खेल्ने खेलाडी धेरै छन् तर व्यवस्थापन र प्रशिक्षकको अभावका कारण ती खेलका खेलाडी खासै फस्टाउन सकेको छैन।” उनले प्रदेश सरकार र स्थानीय सरकारले खेलकुदमा ध्यान दिए यहाँबाट विभिन्न खेलमा दर्जनौँ खेलाडी उत्पादन गर्न सकिने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *