अष्ट्रियामा दसैं बिशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

डिसी नेपाल
२५ असोज २०७९ २१:२५

अष्ट्रिया । नेपाली सामाजिक र सांस्कृतिक संस्था (नेसास) अष्ट्रियाले दसैं बिशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

बिगत १८ वर्ष देखि दसैं मनाउँदै आइरहेको नेसोसले यो वर्ष पनि अक्टोबर १ मा दसैं कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको सभापतित्व नेसासकी अध्यक्ष मन्जु खड्काले गरेकी थिइन् भने प्रमुख अतिथिमा अष्ट्रियाका लागि नवनियुक्त नेपाली राजदुत भरत कुमार रेग्मी उपस्थित भएका थिए ।

कार्यक्रममा नेसासका भुतपुर्व अध्यक्षहरु तथा वर्तमान संरक्षक, सल्लाहकार र आजिवन सदस्यहरु साथै विभिन्न संघ संस्थाका पदाधिकारीहरु तथा अष्ट्रियामा बसोबास गर्ने नेपालीहरुको उपस्थिति थियो।

कार्यक्रममा अष्ट्रियाको हाम्बुर्ग निवासी नेपाली गायक तुलसी शिवाकोटिले आफ्नो प्रस्तुती दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *