प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार’ सार्वजनिक
काठमाडौँ। लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार’ सार्वजनिक भएको छ। अजय पोखरेल को शब्द , इन्द्र दाहालको सङ्गीत, विशाल निरौलाको एरेञ्ज र कुमार रानाको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो।
विक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोमा शिल्पा पोखरेल र विक्रम बुढाथोकीको अभिनय रहेको छ । प्रकाश खड्काको छायाँकन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गरेका छन्। गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ।
‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो स्रोता/दर्शकमाझ पस्किएका छौ सबैको माया पाउँनेमा हामी आशावादी छौ’, सङ्गीतकार दाहालले भने।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment