निजगढका कार्यालयमा पृथ्वीनारायण शाहकोे तस्बिर राख्ने अभियान

डिसी नेपाल
२७ असोज २०७९ १६:४५

बारा । बाराको निजगढ नगरपालिका- ९ निवासी समाजसेवी निर्मल खड्काले निजगढस्थित सरकारी र गैररकारी कार्यालयमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्ने अभियान सुरु गरेका छन् ।

राष्ट्रको एकीकरण गरेर नेपालको अस्तित्व जोगाउने कार्यमा महत्वपूर्ण योगदान गरेका व्यक्तिलाई धेरैले बिर्सन लागेको देखेर पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै कार्यालयहरूमा फोटो राख्ने अभियान थालेको उनकाे भनाइ छ ।

‘मैले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिरलाई विभिन्न कार्यालयमा राखेर नयाँ पुस्तालाई राष्ट्रनिर्माताको बारेमा जानकारी होस् भन्ने लक्ष्यका साथ यो अभियान सुरू गरेँ, अब मेरो अभियान सबै राष्ट्रप्रेमी र राष्ट्रसेवकहरूले पनि राष्ट्रनिर्मातालाई साक्षी राखेर काम गर्नुस् भन्ने हो,’ उनले भने ।

खड्काका अनुसार पृथ्वीनारायण शाहको तस्बिर निजगढका विभिन्न कार्यालयबाट माग भएको र धेरैमा राख्ने कामसमेत पूरा भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *