आजदेखि सिनेमाघरमा ‘हिजो आजका कुरा’

डिसी नेपाल
२८ असोज २०७९ ६:५१
180
Shares

काठमाडौं। आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘हिजो आजका कुरा’ प्रदर्शनमा आएको छ। शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि ‘हिजो आजका कुरा’ प्रदर्शनमा आएको हो। टेलिभिजनमा ‘हिजोआजका कुरा’ हेरेर हुर्किएको नेपाली दर्शकको जमातलाई चलचित्र हिजोआजका कुरा रुचिकर हुनसक्छ।

पन्त फिल्म प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रको कथा बरिष्ट अभिनेता सन्तोष पन्तको हो भने पटकथा सन्दीप किस्नाको छ। रवि सायमीले खिचेको चलचित्रको कार्यकारी निर्माता प्रतिभा पन्त, सहनिर्माता बैकुष्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन्।

चलचित्रको बुधबार राजधानीमा प्रिमियर शो गरिएको थियो। समसामयिक विषयवस्तुमा पारिवारिक चलचित्र बनेको भन्दै दर्शकले प्रतिक्रिया दिएका थिए । प्रिमियरमा चलचित्रका निर्माता, निर्देशक एवं कलाकार उपस्थित थिए।

बिके फिल्मस् र एफडिले वितरण गर्ने चलचित्रमा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव, रिमा विश्वकर्मा, स्व.जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, विनय कुइँकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सविन शाक्य, कमला रेग्मी, रिहान केसीलगायतले अभिनय गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *