रणवीरले जुराएका थिए जब हेरी मेट सेजल

डिसी नेपाल
२८ असोज २०७९ १०:३६
164
Shares

मुम्बई। सन् २०१७ मा रिलिज फिल्म ‘जब हेरी मेट सेजल’ शाहरुख खान र अनुष्का शर्माको फ्लप फिल्ममध्ये एक हो। ८० करोडमा बनेको यो फिल्मले बक्सअफिसबाट केवल ६४ करोड मात्र फिर्ता पायो।

इम्तियाज अलीको लेखन तथा निर्देशन रहेको यो फिल्ममा चन्दन रोय सान्याल, एवलीन शर्मा र अरुष वर्माको पनि अभिनय थियो । अभिनेता शाहरुखले यो फिल्मको नाम जुराउनेका लागि पुरस्कारको व्यवस्था गरेका थिए।

यहीबेला एकदिन रणवीर कपूरले शाहरुखलाई बिहानै फोन गरेर फिल्मको नाम ‘जब हेरी मेट सेजल’ राख्न सुझाएका थिए। किनकी फिल्मको नाम के राख्ने भनेर शाहरुखदेखि फिल्मका सबै सदस्य अन्योलमा थिए। यसअघि फिल्मको नाम ‘द रिंग’ राखिएको थियो। त्यसपछि ‘रेहनुमा’ राखियो । तर कसैलाई नाम मन परेको थिएन। त्यसपछि शाहरुखले कसैले उत्कृष्ट नाम सिफारिस गरेमा ५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरे।

तर, रणवीरले यो नाम जुराएपछि त्यो पैसा चाहिँ लिएनन्। उनले जुराएको नाम सबैले मन पराए। यो फिल्मको नाम सन् १९८९ मा रिलिज हलिउड फिल्म ‘ह्वेन हेरी मेट सेली’ बाट प्रभावित थियो।

रणवीरलाई यो फिल्ममा अभिनयका लागि प्रस्ताव गरिएको थियो, तर उनले अस्वीकार गरे । त्यसपछि इम्तियाजले शाहरुखलाई आफ्नो फिल्ममा लिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *