वेब सिरिज ‘लभ नम्बर २२’ सार्वजनिक
काठमाडौँ। एसियन म्युजिकले ओटीटी प्लेटफर्म फोपीसँग सहकार्य गर्दै निर्माण गरेको नयाँ सिरिज ‘लभ नम्बर २२’ रिलिज भएको छ। सिरिजले नयाँ पुस्ताको प्रेमकथा बोल्नेछ।
सरिन पोखरेलको कथा र निर्देशनमा तयार भएको सिरिजमा अमृत ढुंगाना, रक्षा थापा, अमितेश शाह, अस्मिता खनाल, रिवाज लामा, सेजल गौतम, नारायण प्रधान, स्वर्णिमा खतिवडालगायतको अभिनय छ।
ईश्वर गुरुङ र इभान गुरुङले निर्माण गरेको सिरिजमा संकल्प भुजेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन र वसन्त अधिकारीको सहायक निर्देशन छ । सिरिजमा खगेन्द्र श्रेष्ठ र दीपेन्द्र तामाङ सहनिर्माता छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment