साउथ अभिनेता पवन कल्याणविरुद्ध नोटिस जारी

डिसी नेपाल
३१ असोज २०७९ ११:३४
208
Shares

मुम्बई। विशाखापट्टनम प्रहरीले साउथ अभिनेता तथा जनसेना नेता पवन कल्याणविरुद्ध आइतबार नोटिस जारी गरेको छ । प्रहरीले पवनले स्थानीय विमानस्थलमा मन्त्री, नागरिक र प्रहरी अधिकारीमाथि हमला गरेको आरोप लगाएको छ।

प्रहरीका अनुसार यो हमलामा केही व्यक्ति घाइते पनि भएका थिए। यद्यपि प्रहरी कति संख्यामा घाइते भए भन्ने कुरा प्रहरीले खुलाएको छैन। पवनले कुन जनप्रतिनिधि र प्रहरी अधिकारीमाथि आक्रमण गरे भन्ने कुराको पनि जानकारी दिएको छैन।

यो मामिलामा मुख्यमन्त्री जगन मोहन रेड्डीको निर्देशनमा प्रहरीले पवनलाई उनको होटल बाहिर निस्कन र जनवाणी कार्यक्रम गर्न रोक लगाएको छ। पवनले यो कार्यक्रम नागरिकको गुनासो सुन्नलाई आयोजना गरेका थिए । प्रहरीले जनसेनाका नेता तथा कार्यकर्तालाई पनि पक्राउ गरेको छ।

पवनले भने एक ट्विट गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गर्नु अनुचित रहेको भन्दै तुरुन्त रिहाइको माग गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *