भोलि सार्वजनिक विदा !

डिसी नेपाल
३१ असोज २०७९ १४:१२

काठमाडौं । सरकारले मंगलबार सार्वजनिक विदा दिने तयारी गरेको छ । आइतबार संस्कृतिविद सत्यमोहन जोशीको निधन भएको शोकमा सरकारले मंगलबार सार्वजनिक विदा दिने तयारी थालेको हो ।

सामान्यतया मन्त्रिपरिषद बैठकबाट यसबारे निर्णय गरिने भए पनि अहिले निर्वाचन अभियान चलिरहेकोले मन्त्रीहरु विभिन्न ठाउँमा छरिएको हुँदा तत्काल मन्त्रिपरिषद बैठक बस्ने अवस्था छैन ।

मन्त्रिपरिषद बैठक बस्ने अवस्था नभएकोले यस विषयमा निर्णय गर्ने अधिकार गृह मन्त्रालयलाई दिइएको छ । गृहले छिटै यसबारेमा औपचारिक निर्णय गरेर विदा घोषणा गर्ने तयारी गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *