फिल्मबाट एक वर्ष ब्रेक लिँदै आलिया

डिसी नेपाल
३१ असोज २०७९ १४:३७
1.2k
Shares

मुम्बई। रणवीर कपूर र आलिया भट्टले चार वर्षको डेटपछि गत अप्रिल २०२२ मा विवाह गरेका थिए। विवाहको दुई महिनापछि नै आलियाले आफू आमा बन्न लागेको जानकारी दिइन्। हालका दिनमा उनी गर्भावस्थाको समय इञ्जोय गरिरहेकी छन्। उनलाई पति रणवीरले साथ दिइरहेका छन्।

आलिया सन्तान जन्मिएपछि तुरुन्तै काममा फर्किने मुडमा छैनन्। भलै रणवीरले यसअघिको एक अन्तरवार्तामा आलियालाई काममा पठाएर आफूले सन्तान स्याहार्ने बताएका थिए। तर, आलिया भने लामो ब्रेक लिने तयारीमा छिन्।

आलियाले सन्तान प्राप्तिपछि झण्डै एक वर्ष फिल्मबाट टाढा रहने निर्णय लिएकी छिन्। आलियाले रिलिज हुने तयारीमा रहेकी केही फिल्मको सुटिङ पुरा गरिसकेकी छिन्। उनी फिल्ममा सक्रिय नभए पनि केही विज्ञापनमा भने अभिनय गर्ने छिन्।

आलिया पछिल्लो पटक फिल्म ‘ब्रह्मास्त्र’ मा देखिएकी थिइन्। गत सेप्टेम्बरमा रिलिज यो फिल्मले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको थियो। उनी फिल्म ‘रोकी और रानीकी प्रेम कहानी’ र ‘जीले जरा’मा पनि देखिँदैछन्। यसबाहेक उनी हलिउड फिल्म ‘हार्ट अफ स्टोन’मा अभिनय गर्दैछिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *