सत्ता गठबन्धनको चुनावी अभियान : देउवा, प्रचण्ड र माधव नेपालले आज पोखरामा सम्बोधन गर्ने
काठमाडौं। सत्तारुढ गठबन्धनमा आबद्ध तीन दलले चुनावी अभियान तीव्र पारेका छन्। यसअघि काठमाडौं-२ र ललितपुरमा संयुक्त चुनावी अभियान गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता आज शुक्रबार पोखरा जाँदैछन्।
प्रशिक्षण कार्यक्रम भनिएको भेलामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ। देउवा बिहीबार नै पोखरा पुगिसकेका छन्।
शीर्ष नेताले शुक्रबार ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई प्रशिक्षण दिनेछन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment