राजु गुरुङको मुद्दा न्यायाधीशद्वय खतिवडा र रेग्मीको संयुक्त इजलासमा
काठमाडौं। रुपन्देही २ बाट एकीकृत समाजवादीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजु गुरुङको मुद्दा शुक्रबार संयुक्त इजलासमा सुनुवाइ हुँदैछ। गुरुङको मुद्दा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासको पहिलो नम्बरमा सुनुवाइ हुने भएको भएको छ।
चेक अनादर र उनको निर्माण कम्पनी कालोसूचीमा परेको भन्दै रुपन्देही २ को निर्वाचन अधिकृत कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरेको थियो। आफ्नो उम्मेदवारी खारेज भएपछि गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
यसअघि सर्वोच्चले उनको मुद्दामा अल्पकालीन आदेश जारी गर्दै उम्मेदवारी कायम राख्न आदेश दिएको थियो। सोअनुसार निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी कायम राख्ने निर्णय गरेको थियो।
रुपन्देही २ मा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन्। गुरुङ सत्तागठबन्धनका साझा उम्मेदवार हुन्। यदि गुरुङको उम्मेदवारी खारेज भएमा पौडेलको जित सुनिश्चित हुने देखिन्छ। तर, उजुरी नै नपरीकन निर्वाचन अधिकृत घनश्याम गौतमले मध्यराति उम्मेदवारी खारेज गरेको भन्दै बद्नियत देखिएको एकीकृत समाजवादीले आरोप लगाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment