आज धनगढी र सुर्खेतमा भेला गर्दै सत्ता गठबन्धन

डिसी नेपाल
६ कार्तिक २०७९ ९:३८
36
Shares

काठमाडौं। मंसिर ४ गतेको निर्वाचनलाई केन्द्रित गरेर सत्ता गठबन्धनले देशभर प्रशिक्षण एवं भेला तीव्र पारेको छ।

काठमाडौं, ललितपुर, पोखरा, बुटवल, जनकपुरमा भेला आयोजना गरिसकेको पाँच दलीय गठबन्धनले आज कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा भेला आयोजना गर्दैछ।

धनगढीमा बिहान ११ बजे हुने कार्यक्रमको माओवादी केन्द्रले तथा सुर्खेतमा हुने भेलाको समन्वय कांग्रेसले गर्नेछन्।

दुबै क्षेत्रको भेलालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *