काठमाडौंको बालाजुस्थित एक जुत्ता कारखानामा आगलागी
काठमाडौं- काठमाडौंको बालाजुमा आगलागी भएको छ । बालाजुको लोलाङ हाइटस्थित एक जुत्ता कारखानामा भीषण आगलागी भएको हो ।
आगो नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालित भएका छन् । अहिले घटनास्थलमा ४ वटा दमकल र आधा दर्जन पानी ट्यांकर पुगेको प्रहरीले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment