यस्तो रह्यो केकी, वर्षा र निताको भाईटीका
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरेर मनाइएको छ ।
यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो ।
नायिका निता ढुङ्गानाले भाइहरु पवन ढुङ्गाना र विशाल ढुङ्गानासँग टीका लगाएर भाइटीका मनाएकी छिन् । यो तिहार निताको विवाहपछिको पहिलो तिहार हो ।

नायिका वर्षा सिवाकोटीले काठमाडौंमै तिहार मनाएकी छिन् । वर्षाले भाईहरुसँग अपार्टमेन्टमै तिहार मनाएकी हुन् । उनी नेपाली पहिरन सारीमा पहिरिएकी थिइन् । वर्षा केहि दिन अघि मात्र विदेश भ्रमण समेर नेपाल फर्किएकी थिइन् ।

साथै, नायिका केकी अधिकारीले पनि आफुुले भाइटीका लगाएका तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । उनले आफ्ना भाई विम्व अधिकार सहित अन्य दुईजना दाजुभाईसँग टिका लगाएकी हुन् ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment