हिरो नम्बर १ रिमेकमा टाइगर

डिसी नेपाल
१३ कार्तिक २०७९ १०:००
128
Shares

मुम्बई। बलिउड अभिनेता टाइगर श्राफले सन् २०१४ बाट अभिनयको करियर सुरुवात गरे। फिल्म उद्योगमा आएको केही समयमा नै उनले आफ्नो पहिचान बनाइसकेका छन्। एक्सन र डान्सका कारण चर्चामा आइरहने यी अभिनेता सन् १९९७ मा रिलिज फिल्म ‘हिरो नम्बर १’ को रिमेकमा प्रमुख भूमिकामा अभिनय गर्ने भएका छन्।

डेविड धवनको निर्देशनमा बनेको फिल्म ‘हिरो नम्बर १’ मा गोविन्दा र करिश्मा कपूर प्रमुख भूमिकामा थिए। यो फिल्मलाई दर्शकले निकै मनपराएका थिए।

रिमेक भर्सको फिल्ममा जगन शक्तिको निर्देशन र जेकी भगनानीको निर्माण हुनेछ। ठूलो बजेटमा निर्माण हुने यो फिल्मको सुटिङका लागि निर्माताले समय तालिका तयार पारिसकेका छन्। फिल्मको सुटिङ सन् २०२३ मा सुरु हुनेछ।

हाल यसको प्रि–प्रोडक्सनको काम भइरहेको छ। फिल्म युनिटले बाँकी कलाकारको नाम छिट्टै सार्वजनिक गर्ने जनाएको छ।

टाइगरको कामको कुरा गर्दा उनी फिल्म ‘गणपत’, ‘रेम्बो’ र ‘बड़े मियाँ छोटे मियाँ’मा देखिँदैछन्। यसबाहेक उनी ‘मिसन लायन’ मा पनि देखिँदैछन्। टाइगर पछिल्लोपटक ‘हिरोपन्ती २’मा देखिएका थिए। यो फिल्म बक्सअफिसमा फ्लप साबित भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *