नारायणी नदीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु

डिसी नेपाल
१५ कार्तिक २०७९ ७:०९

कावासोती। पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ।

वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका-४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिए।

उनका अनुसार डुङ्गा दुर्घटना हुँदा सुस्ता-४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको थियो।

डुङ्गामा सवार दुई जना नदीमा डुबेर घाइते भएका छन्। घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहित सहानी छन्। उनीहरूलाई उपचारका लागि भैरहवा लगिएको छ। घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *