नगरकोट सडक निर्माण ढिलाइको विरोधमा सडक अवरुद्ध

डिसी नेपाल
१६ कार्तिक २०७९ १२:१०

भक्तपुर । भक्तपुरको नगरकोट सडक निर्माणमा ढिलाइ भएको भन्दै दुई घण्टा सडक अवरुद्ध गरिएको छ । सो क्षेत्रका विभिन्न राजनीतिक पार्टीका उम्मेदवारहरूको सहभागितामा नगरकोट सडक जाने भक्तपुर कमलविनायक भत्केको पाटीमा बुधबार बिहान ८ बजेदेखि दुई घण्टा सडक अवरुद्ध गरिएको थियो ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिको अगुवाइमा भएको कार्यक्रममा सत्ता गठबन्धन, एमाले, राप्रपालगायतबाट सो क्षेत्रमा उम्मेदवारी दिएका उम्मेदवारहरूले सहभागिता जनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *