शाहरुखको पठानमा २५ तारिखको संयोग
मुम्बई। बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘पठान’ को टिजर बुधबार सार्वजनिक गरियो। फिल्ममा शाहरुखको जबरदस्त एक्सनलाई प्राथमिकता देखाइएको छ। फिल्ममा शाहरुखका अलावा दीपिका पादुकोण र जोन अब्राहम पनि देखिएका छन्।
सिद्धार्थ आनन्दको निर्देशन रहेको फिल्म २५ जनवरी, २०२३ मा रिलिज हुँदैछ। तर सायद कमैलाई थाहा होला, २५ जनवरीमा रिलिज हुने यो फिल्मको अन्य तीन कुरा पनि २५ तारिखसँग जोडिएका छन्।
फिल्म समीक्षक तरण आदर्शले आफ्नो ट्वीटर हेण्डलमा यो कुराको जानकारी दिएका छन्। उनका अनुसार शाहरुख फिचर्ड फिल्मको फस्टलुक २५ जुनमा, दीपिकाको फस्टलुक २५ जुलाई र जोनको फस्टलुक २५ अगष्टमा सार्वजनिक गरिएको थियो।
यद्दपि फिल्मको टिजर भने शाहरुखको जन्मदिन पारेर बुधबार अर्थात नोभेम्बर २ मा सार्वजनिक गरिएको थियो । निर्माण पक्षले फिल्म ट्रेलर २५ डिसेम्बरमा क्रिसमसको मौका पारी रिलिज गर्ने तयारी गरिरहेका छन् ।
सन् २०१८ मा फिल्म ‘जीरो’ पछि शाहरुख ‘पठान’मार्फत दर्शकमाझ आउँदैछ। यो फिल्मबाहेक उनी एटली कुमारको ‘जवान’ र राजकुमार हिरानीको ‘डंकी’मा देखिँदैछन्। ‘जवान’ जून, २०२३ र ‘डंकी’ डिसेम्बर, २०२३ मा रिलिज हुँदैछ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment