वरिष्ठ कलाकार नीर शाह भन्छन्- प्रदीप पौडेल सुन्दर नेपालको परिकल्पनाकार हुन्

डिसी नेपाल
१९ कार्तिक २०७९ १२:५३

काठमाडौं । वरिष्ठ कलाकार नीर शाहले काठमाडौं क्षेत्र नम्बर ५ का मतदातालाइई मतदान गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् । विशालनगरमा शनिबार बिहान आयोजित लोकतान्त्रिक बुद्धिजीवी तथा पेसाकर्मी समूहको भेलामा उनले पाँच वर्ष अघि गरेकोभूल सुधार गर्नुपर्ने बताएका हुन् ।

‘मैले पाँच बर्षअघि पनि लोकतान्त्रिक शक्तिलाई मत दिँऔँ भनेर भनेको थिए । अब यसपटक भने भुल नगरौँ,’ उनले भने, ‘अहिले यस क्षेत्रले प्रदीप पौडेललाई उम्मेद्वारको रुपमा पाएको छ । प्रदीप सुन्दर नेपालको परिकल्पनाकार हुन् । संकुचित सामन्ती सोचलाई पराजित गर्न लागि गठबन्धन गरेको हो । वैचारिक सम्मुन्नतिको पक्षमा मतदान गर्नुहोला ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *