‘तिम्रो मेरो साथ’को गीतमा टिकटक बनाउनेलाई २५ हजार जित्ने मौका

डिसी नेपाल
२० कार्तिक २०७९ १०:१२
124
Shares

काठमाडौँ। आगामी पुस २९ गते रिलिज हुने साम्राज्ञी शाह तथा पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’ले टिकटक भिडियो प्रतियोगिता आव्हान गरेको छ। निर्माता रमेश एमके पौडेलको डेब्यु फिल्मले तिहारमा रिलिज गरेको ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीतमा टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको हो।

फिल्मको यो गीतले यूट्यूबमा रिलिज भएको ७ दिनमा १.१ मिलियन भ्यूज पार गरेको थियो। यस प्रतियोगितामा भाग लिन चाहने इच्छुकले गीतको बोलमा तीन वटा हयास ट्याग प्रयोग गरेर भिडियो बनाउनुपर्नेछ। सहभागीले ह्यासरुमालैबाटेर, ह्यासतिम्रोमेरोसाथ,ह्यासरमेशएमकेपौडेल ह्यासट्याग प्रयोग गर्नुपर्नेछ ।

सहभागीहरूले यी ह्यासट्यागको प्रयोग गरेर भिडियोलाई आफ्नै एकाउन्टमा अपलोड गर्नुपर्नेछ । यसको अन्तिम नतिजा पुस २६ गते घोषणा गरिनेछ। यो प्रतियोगिता फिल्मका अन्य गीतमा पनि ती गीत रिलिज भएसँगै क्रमशः लागु हुनेछ । फिल्ममा कुल ३ वटा गीत रहेका छन्।

’रूमालै बाटेर टाई बनाम’ बोलको गीत सुभाष भुसालको संगीतमा तयार भएको हो भने शब्द वि पाण्डेले लेखेका हुन्। यस्तै गीतमा मेलिना राई र जगदिश समालको स्वर रहेको छ।

फिल्ममा साम्राज्ञी तथा पुष्पको अलावा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्कबहादुर पुन(खबपु)को अभिनय छ।

फिल्म सबिर श्रेष्ठ तथा बाबुराम निरौलाले लेखेका हुन्। आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्माण भएको फिल्ममा पासाङ लामा निर्माता हुन भने निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सह–निर्माताका रूपमा रहेका छन्।

यसैगरी सविर श्रेष्ठ सिनेमाका कार्यकारी निर्माता हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *