‘डिसेम्बर फल्स’ को गीतमा रोमान्टिक आर्यन र उपासना

डिसी नेपाल
२१ कार्तिक २०७९ १०:००
400
Shares

काठमाडौँ। अभिनेता आर्यन सिग्देललाई दर्शकले अब प्रेम कथानक फिल्म ‘डिसेम्बर फल्स’ मार्फत ठूलो पर्दामा हेर्न पाउने भएका छन्। उनकी प्रेमीकाको रुपमा देखिदैछिन्,अहिलेको सर्वाधिक सफल हिरोइन उपासना सिंह ठकुरी।

आर्यन र उपासना पहिलोपटक संगै अभिनीत ‘डिसेम्बर फल्स’ बर्षकै प्रतिक्षित फिल्मका रुपमा रहेको छ। पुस १५ गते देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ‘चार घण्टा कुरेको’ बोलको प्रेमील गीतको हालै छायांकन सम्पन्न भएको छ।

भक्तपुर दरबार स्क्वायरमा भब्य सेट निर्माण गरि चार दिन लगाएर खिचिएको गीतमा आर्यन र उपासनालाई कोरियोग्राफर रामजी लामीछानेले निकै रोमान्टिक रुपमा प्रस्तुत गरेको बताइन्छ। दीपक शर्माको शब्द र संगीत रहेको गीत निशान भट्टराई र मेलिना राईले गाएका हुन्।

भारतीय फिल्म उद्योगमा कार्यरत निर्देशक प्रवीण ओझाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको फिल्मलाई युवानिर्माता रामप्रसाद रिजालले निर्माण गरेका हुन्। रिजालले यसअघि ‘वान डे’, ‘कसम’,धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका छन्। ‘डिसेम्बर फल्स’ उनको पाँचौ फिल्म हो। दुई साताअघि सार्वजनीक फस्र्टलुक पोस्टरले चर्चा पाइरहेको फिल्मको टिजर केही दिनमै दर्शकमाझ ल्याउने तयारी निर्माण पक्षको छ ।

आर्यन,उपासना,सुमन थापा,नरेश भट्टराईका साथमा सलोन बस्नेत,शिबहरि पौडेल,नागेन्द्र रिजाल,शिसिर राणालगायत कलाकारको अभिनय रहेको फिल्म रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो। रामप्रसाद रिजालको प्रस्तुति,लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा रामप्रसाद रिजाल र राजकुमार भट्ट छन् ।

बिपीका खनालको कथा,केदार भुसाल र प्रतिक पौडेलको पटकथा/सम्वाद रहेको फिल्म बनिष शाहले सम्पादन गरेका हुन् । दीपक शर्मा,कोसिस क्षेत्री,सुुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने,शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले बितरण गर्दैछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.