विवाहको वर्षदिनै अभिभावक बनेका यी कलाकार

डिसी नेपाल
२१ कार्तिक २०७९ ११:३३
6.1k
Shares

मुम्बई। विवाहलगत्तै सन्तान जन्माउने चलन अहिले ट्रेण्ड नै बनिसकेको छ। बलिउडमा यस्ता कैयौं कलाकार छन्, जसले सन्तान योजना बनाएलगत्तै विवाह गरेको वर्षदिन नपुग्दै अभिभावक बन्ने मौका पाएका छन्। यहाँ यस्तै कलाकारको बारेमा कुरा गरिएको छ, जो विवाहको एक वर्ष नपुग्दै आमाबाबु बनेका छन्।

आलिया भट्ट र रणवीर कपुर

अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपूरले सन् २०२२ को अप्रिल १४ मा विवाह गरे। जबकि ६ नोभेम्बर २०२२ मा उनीहरु छोरीको आमाबाबु नै बने। रणवीर र आलियाले विवाहको ७ महिनाभित्रै घरमा लक्ष्मीलाई स्वागत गर्न पाएका हुन्।

शाहिद कपुर र मीरा राजपुत कपुर

‘कवीर सिंह’ स्टर शाहिद कपुर र मीरा राजपुत कपुरले पनि विवाहको वर्षदिन भित्रै छोरी मिशा कपुरलाई जन्म दिए। उनीहरूले विवाहलगत्तै सन्तान योजना सुरु गरेका थिए।

दिया मिर्जा र वैभव रेखी

अभिनेत्री दिया मिर्जाले वैभव रेखीसँग सन् २०२१ फेब्रुअरी १५ मा विवाह गरिन्। विवाहको तीन् महिनामा नै उनले पहिलो सन्तान अव्यान आजाद रेखीलाई जन्म दिइन् । यो उनको एक प्रिमेच्युर डेलिभरी थियो। उनको सन्तानलाई कैयौं दिनसम्म डाक्टरको निगरानीमा राखियो । अभिनेत्रीले सी–सेक्सन सर्जरीका माध्यमबाट पहिलो सन्तानलाई जन्म दिएकी थिइन्।

नेहा धूपिया र अंगद बेदी

अभिनेत्री नेहा धुपिया र उनका पति अंगद बेदीले पनि विवाहको वर्षदिनमै छोरी मेहरलाई जन्म दिए। उनीहरुले सन् २०१८ मे १० मा विवाह गरे, जबकी मेहर सोही वर्षको नोभेम्बरमा जन्मिइन्। नेहा विवाह अघि नै गर्भवती थिइन्।

नताशा स्तानकोविक र हार्दिक पाण्डे

अभिनेत्री नताशा स्तानकोविक र क्रिकेटर हार्दिक पाण्डेले जनवरी २०२० मा इन्गेजमेन्ट गरे। यसपछि उनीहरुले तुरुन्तै गोप्य विवाह गरे । विवाहको चार महिनामा नै उनीहरुले छोरा अगस्तयलाई जन्म दिए।

श्रीदेवी र बोनी कपुर

अभिनेत्री श्रीदेवीले निर्माता बोनी कपूरसँग २ जुन १९९६ मा विवाह गरिन्। जबकी उनको पहिलो छोरी जाह्नवी कपुरको जन्म विवाहको एक वर्ष पुग्नुअघि नै भएको थियो। श्रीदेवीले जाह्नवीलाई ६ मार्च १९९७ मा जन्म दिएकी थिइन्।

कोंकणा सेन र रणवीर शौरी

अभिनेत्री कोंकणा सेन र उनका पति रणवीर शौरीले पनि विवाह अघि नै सन्तान योजना बनाएका थिए। यसपछि उनीहरुले तुरुन्तै विवाह गरे र एक सन्तानको अभिभावक बने। यद्यपि यो जोडी हाल अलग्गिसकेका छन्।

रानी मुखर्जी र आदित्य चोपडा

अभिनेत्री रानी मुखर्जी र निर्माता आदित्य चोपडाले सन् २०१४ मा विवाह गरे। दुवैले नोभेम्बर २०१५ मा छोरी आदिरालाई जन्म दिए। उनीहरूको छोरी पनि एक वर्ष नपुग्दै जन्मिएकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *