प्रचण्डको चूलबुले बानीका कारण नेकपाको एकता तोडियो : ओली {भिडियोसहित}

डिसी नेपाल
२४ कार्तिक २०७९ १५:३८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले नेकपाको एकता ताडेको आरोप लगाएका छन् । बिहीबार झापा क्षेत्र नम्बर ४ , सिबगन्जमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै ओलीले एकठाँउमा बस्ने नसक्ने प्रचण्डको चूलबुले बानीका कारण नेकपाको एकता तोडेको आरोप लगाएका हुन् ।

पार्टी एकीकरण गरिसकेपछि एकतवद्ध पार्टीमा बसेर देश बनाउनुपर्नेमा केहि कार्यकर्तालाई प्रचण्डले अल्मलाएर आफैसंग लगेको उनको भनाई छ । उनले माओवादीका केहि नेताहरुले पार्टीलाई पारिवारीक चंगोल बनाएको तर्क गरेका छन् ।

अध्यक्ष ओलीले एमालेको देश बनाउने बाहेक अन्य कुनै स्वार्थ नभएको भन्दै गठबन्धन छाडेर एमालेमा आउन कांग्रेस र माओवादीका नेता कार्यकर्तालाई आग्रह गरे । त्यस्तै ओलीले एमालेले अघि बढाएको बिकासको अभियानलाई अघि बढाउन आगामी निर्वाचनमा जित्नै पर्ने र पाँच बर्ष देश बनाएरै छाड्ने जिकिर गरे । ओलीले नेपाल जस्तो देश गरिबी हुनुपर्ने कुनै कारण नै नरहेकोले एमाले सरकारले समृद्ध बनाउने दावी गरे । यसपटकको निर्वाचनमा केहि सिटमा राप्रपासंग भएको तालमेलको सहमतिलाई कार्यान्वयन गर्ने उनले बताए ।

कार्यक्रममा बिभिन्न दलका कार्यकर्तालाई अध्यक्ष ओलीले एमाले प्रवेश गराएका थियो ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *