ह्वात्तै बढ्यो सुनको मूल्य

डिसी नेपाल
२५ कार्तिक २०७९ १०:५२

काठमाडौँ। नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ।

बिहिबार प्रति तोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार ३ सय रुपैयाँले बढेर प्रति तोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार २ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदी प्रति तोला १ हजार २ सय ९५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो। बिहिबार चाँदी प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *