आइतबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२७ कार्तिक २०७९ ८:५८

काठमाडौँ।आइतबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिदमा १२८ रुपैयाँ ९८ पैसा र बिक्रीमा १२९ रुपैयाँ ५८ पैसा छ। शुक्रबार अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ६० पैसा र बिक्रीमा १३१ रुपैयाँ २० पैसा रहेको थियो।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रुपैयाँ १४ पैसा रहेको छ। युके पाउण्ड स्तिलिङ्ग एकको खरिदमा १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ०३ पैसा र बिक्रीमा ८३ रुपैयाँ ४३ पैसा छ। क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४९ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९३ रुपैयाँ ६० पैसा र बिक्रीमा ९४ रुपैयाँ ०४ पैसा तोकिएको छ।

त्यस्तै, जापानी येन १० को खरिदमूल्य ९ रुपैयाँ २३ पैसा र बिक्री मूल्य ९ रुपैयाँ २७ पैसा, चाइनिज येन एकको खरिददर १८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४७ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २७ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ४३ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २७ रुपैयाँ ८७ पैसा र बिक्रीदर २८ रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *