नेपालले पहिलो पटक विश्वकप क्रिकेट आयोजना गर्ने अवसर पायो
काठमाडौं । नेपालले पहिलो पटक क्रिकेटको विश्वकप आयोजना गर्ने अवसर पाएको छ । नेपालले २०२७ को यु-१९ महिला विश्वकप क्रिकेट आयोजना गर्नेछ । यो विश्वकप नेपालले बंगलादेशसँग मिलेर आयोजना गर्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बोर्डले २०२४ देखि २०२७ सम्म आईसीसी यू-१९ प्रतियोगिताको आयोजक राष्ट्रको आज घोषणा गरेको हो ।
आइसीसी यु-१९ पुरुष क्रिकेट विश्वकप २०२४ श्रीलंकाले आयोजना गर्ने छ भने २०२६ को संस्करण जिम्बाब्वे र नामिबियामा आयोजना हुनेछ। आइसीसी यु-१९ महिला टि-२० विश्वकप २०२५ मलेसिया र थाइल्याण्डमा हुनेछ भने २०२७ को यु-१९ महिला विश्वकप प्रतियोगिता बंगलादेश र नेपालले संयुक्त रूपमा आयोजना गर्नेछन् ।
मार्टिन स्नेडेनको अध्यक्षतामा रहेको बोर्ड उप-समितिले निरीक्षण गरेको प्रतिस्पर्धात्मक लिलामी प्रक्रिया मार्फत आयोजकहरू चयन गरिएको हो। आईसीसी बोर्डले समितिको सिफारिसहरू स्वीकार गर्यो जसले आईसीसी व्यवस्थापनसँगै प्रत्येक बोलपत्रको गहन समीक्षा गरेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment