नेपालसँग खेल्ने पाकिस्तानी टोली घोषणा

डिसी नेपाल
२७ कार्तिक २०७९ १३:२८
184
Shares

काठमाडौँ। पाकिस्तान फुटबल संघले बुधबार नेपालविरुद्ध हुने अन्तर्राष्ट्रिय फुटबलका लागि हसन वासिरको कप्तानीमा २४ सदस्यीय टोली घोषणा गरेको छ।

फिफाको निलम्बन फुकुवा भएपछि पाकिस्तानले ३० कात्तिकमा नेपालसँग पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो।

खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ। जसका लागि एन्फाले टिकट मुल्य समेत निर्धारण गरेको छ। सामान्यतर्फ ५०० र भीआईपीतर्फ एक हजार रुपैया निर्धारण गरेकाे छ।

नेपालले शुक्रबार पाकिस्तानविरुद्धको खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।  यस पटक टोलीको प्रीशषकमा प्रवेश कटुवाल रहेका छन्।

पाकिस्तानी टोलीः

गोलकिपरः साबिक हानिफ, युसुफ इजाज बट, अब्दुल बासित
रक्षकः राओ उमर हायात, जेन उल अबादिन, जुदैन शाह, सोहेल खान, अब्दुल्लाह शह, सरदार वाली, हासिब अहमेद खान, मोहमुन मोसा खान
मिडफिल्डरः उमर अली, जैनुल अविदिन, अब्दुल कादिर खान, अलामगिर, मोहम्मद आनन्द याकुव,आनन्द साहिद
स्ट्राइकरः मोहम्मद अफ्जल, हुसैन वासिर, मुहामेद वाहिद, वालिद खान, सायक दोस्त, आदिल युनुस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *