सेयर बजार १०.५४ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

डिसी नेपाल
२७ कार्तिक २०७९ १५:१३

काठमाडौँ। साताको कारोबार पहिलो दिन आइतबार सेयर बजार घटेको छ। आज  शेयर कारोबार मापक नेप्से परिसूचक १०.५४ अंकले घटेर १८८३.१६ मा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१३ अङ्कले घटेर ३७०.५३ मा झरेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२५ कम्पनीको २० लाख २८ हजार ३४८ कित्ता सेयर खरिद बिक्री हुँदा ७७ करोड ४९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट शीर्ष स्थानमा छ। यसको आज १० करोड ३९ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा निर्धन उत्थान लघुवित्त र तेस्रोमा नबिल बैंकको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटा उपसुचकमा होटल तथा पर्यटन उपसूचकबाहेक सबै राताम्मे भएको छ। आजको कारोबारमा लक्ष्मी इक्युती फण्ड र  लक्ष्मी उन्नति कोषका लगनीकर्ताले अत्याधिक कमाएका छन्। भने, नबिल ब्यालेन्स फण्ड -२ र निर्धन उत्थान लघुवित्त का लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *