तीन महिनामा नेपाललाई ८६ अर्बभन्दा बढी अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त

डिसी नेपाल
२७ कार्तिक २०७९ १७:५२

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिना नेपालले ८६ अर्ब ४१ करोड रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।

२०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता नेपालले प्राप्त गरेको हो ।

अर्थ मन्त्रालयका अनुसार सो अवधिमा अनुदान तर्फ ६ अर्ब ७१ करोड रुपैयाँ र ऋण सहायता तर्फ ७९ अर्ब ७० करोड रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता नेपालले प्राप्त गरेको छ ।

शिक्षा, खानेपानी तथा सरसफाई, वातावरण, सडक, सूचना सञ्चार प्रविधि, सिँचाई, उर्जा, रोजगारी लगायतका क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको अर्थले जनाएको छ ।

पछिल्लो तीन महिनामा नेपाललाई आर्थिक सहायता दिने प्रतिबद्धता गर्नेमा जापान (जाइका), इरोपेली युनियन, स्वीट्जरल्याण्ड, विश्व बैंक र दक्षिण कोरिया (कोइका) रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *