यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२८ कार्तिक २०७९ ९:१३

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।  राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिदमा १२८ रुपैयाँ ९८ पैसा र बिक्रीमा १२९ रुपैयाँ ५८ पैसा छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा रहेको छ। युके पाउण्ड स्तिलिङ्ग एकको खरिदमा १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३८ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ४६ पैसा र बिक्रीमा ८६ रुपैयाँ ८६ पैसा छ। क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३० पैसा र बिक्रीदर ९७ रुपैयाँ ७५ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९४ रुपैयाँ ०३ पैसा र बिक्रीमा ९४ रुपैयाँ ४६ पैसा तोकिएको छ।

त्यस्तै, जापानी येन १० को खरिदमूल्य ९ रुपैयाँ २९ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ३४ पैसा, चाइनिज येन एकको खरिददर १८ रुपैयाँ १४ पैसा र बिक्रीदर १८ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४७ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २९ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ४५ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २७ रुपैयाँ ८७ पैसा र बिक्रीदर २८ रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *