नेपालीले तीन महिनामा लगाए ५५ करोडभन्दा बढीको सारी, लुङ्गी र धोती

डिसी नेपाल
२८ कार्तिक २०७९ ९:२४

काठमाडौँ। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ५५ करोड रुपैयाँभन्दा बढीको सारी, लुङ्गी र धोती आयात गरेको छ। २०७९ सालको साउन, भदौ र असोज महिनामा नेपालले उक्त मुल्य बराबरको सारी, लुङ्गी र धोती आयात गरेको हो।

भन्सार विभागका अनुसार सो अवधिमा नेपालले कुल ५५ करोड ३ लाख ९९ हजार रुपैयाँको सारी, लुङ्गी र धोती आयात गरेको छ। सो मुल्यमा १३ लाख ७६ हजार ५२० थान सारी, लुङ्गी र धोती नेपाल भित्रिएको विभागले जनाएको छ।

चीन, भारत, इन्डोनेसिया, थाइल्याण्ड, अष्ट्रेलिया र बंगलादेशबाट नेपालमा सारी, लुङ्गी र धोती आउने गरेको छ।

नेपालमा सबैभन्दा ठूलो मात्रामा सारी, लुङ्गी र धोती भारतबाट आउने गरेको छ। पछिल्लो तीन महिनामा मात्र भारतबाट ५२ करोड ६० लाख २२ हजार रुपैयाँको सारी, लुङ्गी र धोती नेपालमा भित्रिएको छ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट १ अर्ब २७ करोड ३५ लाख १ हजार रुपैयाँको सारी, लुङ्गी र धोती आयात गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *