सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

डिसी नेपाल
२८ कार्तिक २०७९ १०:५१

काठमाडौँ। नेपाली बजारमा सुनचाँदी मूल्य घटेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार २ सय रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सय रुपैयाँले घटेर प्रति तोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदी प्रति तोला १ हजार २ सय ९५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो। आइतबार चाँदी प्रति तोला १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *