लाभांश पारित गर्न युनिलिभर नेपालले बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

डिसी नेपाल
२८ कार्तिक २०७९ ११:४४

काठमाडौँ। युनिलिभर नेपालको २९ औँ वार्षिक साधारणसभा मंसिर २० गते बस्ने भएको छ। सभा काठमाडौँको नयाँबानेश्वरस्थित होटेल एभरेस्टमा दिउँसो ४ः३० बजे सुरु हुनेछ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रतिकित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेको छ। सभाले उक्त आर्थिक वर्षका वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका दस्तावेजहरु छलफल गरी अनुमोदन गर्नेछ।

सभा प्रयोजनका लागि कम्पनीले मंसिर ४ गतेदेखि मंसिर २० गते बुक क्लोज गर्ने भएको छ। यसअनुसार मंसिर १ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *