यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिदबिक्री ?

डिसी नेपाल
२९ कार्तिक २०७९ ८:२७
448
Shares

काठमाडौं। मंलबार डलरको भाउमा सामान्य घटबढ भएको छ। नेपाल राष्ट्र बैंकले मंलबार लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १२९ रुपैयाँ ७२ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ३२ पैसा तोकिएको छ । सोमबारको तुलनामा अमेरिकी डलर खरीद बिक्रीमा सामान्य फेरबदल भएको छ।

युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३५ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ८७ रुपैयाँ ०।३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०९ पैसा कायम भएको छ। सिङ्गापुरे डलर आज एक रुपैयाँले बढेको छ। यसको खरिददर ९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ७६ पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ २४ पैसा र बिक्रीमा ९ रुपैयाँ २८ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैइाँ ७८ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ २२ पैसा र बिक्रीदर २८ रुपैयाँ ३५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *