ह्वात्तै बढ्यो सुनको मूल्य

डिसी नेपाल
२९ कार्तिक २०७९ १०:३४

काठमाडौँ। नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ९८ हजार २ सय रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर प्रति तोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदी प्रति तोला १ हजार ३ सय २५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ३० रुपैयाँले बढेको हो। सोमबार चाँदी प्रति तोला १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *