साना किसान विकास लघुवित्तको खुद नाफा ४१.८३ प्रतिशतले बढ्यो, इपिएस कति ?

डिसी नेपाल
२९ कार्तिक २०७९ ११:२१

काठमाडौँ। साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार संस्थाको अधिकांश सूचक बढेको छ। संस्थाले २३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ४१.८३ प्रतिशतले बढी हो। गत वर्षको यहि अवधिमा संस्थाले १६ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा बढ्नमा टेवा पुर्याएको देखिन्छ। संस्थाको खुद ब्याज आम्दानी ४३.८६ प्रतिशतले बढेर ४३ करोड ९ लाख रुपैयाँ भएको छ। गत वर्ष यहि अवधिमा संस्थाले २९ करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यता, संस्थाको सञ्चालक नाफा २३ करोड ४४ लाख रुपैयाँबाट बढेर ३३ करोड १९ लाख रुपैयाँ पुर्याउन सफल भएको छ।

यो पहिलो त्रैमाससम्ममा संस्थाले १७ अर्ब ७७ करोड रुपैयाँ सापटी लिई २९ अर्ब ८९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। हाल संस्थाको चुक्तापुँजी १ अर्ब ५६ करोड रुपैयाँ रहेको छ।  समिक्षा अवधिमा संस्थाको जगेडा कोष १७.६८ प्रतिशतले बढेको छ। संस्थाको जगेडा कोष १ अर्ब २२ करोड रुपैयाँबाट बढाएर १ अर्ब ४३ करोड रुपैयाँ पुर्याएको छ

समिक्षा अवधिमा संस्थाको खराब कर्जा अनुपात पबी बढेको छ।  संस्थाको खराब कर्जा ०.०९ प्रतिशतले बढेर ०.७५ प्रतिशत पुगेको छ। गत वर्षको यहि अवधिमा संस्थाको खराब कर्जा ०.६६ प्रतिशत रहेको थियो। संस्थाको मूल्य आम्दानी अनुपात (पीई रेसियो) १७.१० गुणा रहेको छ।

संस्थाको खुद नाफा बढे सँगै प्रति सेयर आम्दानी पनि बढेको छ। संस्थाको प्रतिसेयर आम्दानी बढेर ५९ रुपैयाँ ५२ पैसा पुगेको छ। गत वर्ष यहि अवधिमा संस्थाको प्रति सेयर आम्दानी ५२ रुपैयाँ ६४ पैसा रहेको थियो। संस्थाको प्रतिसेयर नेटवर्थ २ सय ८२ रुपैयाँ २० पैसा रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *