सेयर बजार ६.५९ अंकले घट्यो, कारोबार रकम १ अर्बमाथि

डिसी नेपाल
२९ कार्तिक २०७९ १५:१७

काठमाडौँ। साताको कारोबार तेस्रो दिन मंगलबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ६.५९ अंकले घटेर १८९७.८६ मा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३३ अङ्कले घटेर ३७३.७१ मा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको २७ लाख ४५ हजार १०९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २ करोड ३६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ। यसको आज १० करोड ९६ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स र तेस्रोमा नेपाल दूरसंचार कम्पनीको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटा उपसुचकमध्ये ३ वटा उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा सिटिजन म्युचुअल फण्ड र पञ्चकन्या माई हाइड्रोपावरका लगनीकर्ताले अत्याधिक कमाएका छन्। भने, तारागाउँ रेजेन्सी होटल र सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *