मतदाताका घरदैलोमा काठमाडौं ५ का उम्मेदवार

डिसी नेपाल
२९ कार्तिक २०७९ १५:४०

काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मत माग्न उम्मेदवार मतदाताको घरदैलोमा व्यस्त छन् ।

यसैक्रममा काठमाडौं क्षेत्र नम्बर ५ मा पनि उम्मेदवार मतदाताकाका घरदैलोमा आ–आफ्ना चुनावी प्रतिबद्धतासहित पुगेका छन् । निर्वाचनको प्रचारप्रसारले यो क्षेत्रमा अहिले चहलपहल बढेको छ । निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं ५ मा नेकपा (एमाले)कोतर्फ बाट पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

एमालेबाट पोखरेल एक्लै चुनावी मैदानमा छन् भने पौडेललाई गठबन्धनको समर्थन रहेको छ । घरदैलोका क्रममा पोखरेलले देश जनताको हितका लागि एमालेको जीत आवश्यक रहेको बताएका छन् ।

त्यस्तै गठबन्धनमा उम्मेदवार पौडेलले नेपालको संविधानको रक्षाका निम्ती गठबन्धन बनाएको भन्दै मुलुकलाई स्थीरता दिन गठबन्धनको बिकल्प नभएको बताए । उनले गठबन्धनको सरकार ५ बर्ष टिक्ने र बिकासको स्पष्ट खाका तयार गरेर काम गर्ने धारणा राखे ।

यसअघि २०७४ निर्वाचनमा एमालेका उम्मेदवार ईश्वर पोखरेल र कांग्रेसका प्रकाशशरण महतबीच भएको प्रतिस्पर्धामा पोखरेल विजयी भएका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *