नेपाल र पाकिस्तान भिड्दै

डिसी नेपाल
३० कार्तिक २०७९ ८:५६
160
Shares

काठमाडौँ। नेपाल र पाकिस्तानबीचको फिफा मैत्रीपूर्ण खेल आज (बुधबार) आयोजना हुदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली नेपालविरुद्ध उत्रदा पाकिस्तान फिफा निलम्बन पछि सुखद सुरुआत गर्ने लक्ष्यमा हुनेछ। खेल साझ ५ बजे सुरु हुनेछ।

नेपालका लागि पाकिस्तान सधै कठिन प्रतिद्धन्द्धी हो। पाकिस्तानविरुद्ध नेपालले जित निकाल्न नसकेको १४ वर्ष बितिसकेको छ। तीन वर्ष फिफा निलम्बनमा रहेको पाकिस्तान नेपालबिरुद्द आठबर्षपछी खेल्न लागेको हो।

नेपालले पछिल्लो पटक सन् २००८ जुन ७ साफ च्याम्पियनपसपमा पाकिस्तानमाथि ४-१ को जित निकालेको थियो। त्यसयता नेपाल र पाकिस्तानबीच पाँच खेल भएको छ। पाँच मध्ये तीन खेल पाकिस्तानले जितेको छ भने दुई खेल बराबरी भएको थियो।

नेपालले गत महिना दशरथ रंगशालामै बंगलदेशविरुद्ध अन्तर्राष्टिय मैत्रीपूर्ण खेल खेलेको थियो। अञ्जन विष्टको ह्याट्रिकप्रेरित नेपालले सो खेल ३-१ ले जितेको थियो।

सोही टोलीका अधिकांश खेलाडीलाई समावेश गर्दैैै कार्यवहाक प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका थिए।

पाकिस्तानविरुद्ध नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङ टोलीमा छैनन। उनको अनुपस्थितीमा रोहित चन्दले नेपाली टोलीको कप्तानी सम्हाल्नेछन्। गोलकिपर किरणको अनुपस्थितीमा विशाल श्रेष्ठले नेपाली गोलपोस्टको जिम्मेवारी सम्हाल्ने सम्भावना रहेको छ।

बंगलादेशविरुद्धको खेलमा ह्याट्रिक पूरा गरेसँगै आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १० पुर्याएका अञ्जनका लागि सो गोल संख्या बढाउने यो सुनौलो अवसर हो। हरी खड्का र निराजन रायमाझीको नाममा १३ गोलको कीर्तिमान रहेको छ।

दशरथ रंगशालामा नेपाली पुरुष टोलीले खेल्न लागेको यो पचासौ अन्तर्राष्ट्र्रिय खेल हो। नेपालले २०४४ सालमा दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत दशरथ रंगशालामा माल्दिभ्सविरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *