मेगा बैंकले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
३० कार्तिक २०७९ १०:५२

काठमाडौँ। मेगा बैंकले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।  मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश गरि कुल ७.८३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

बैंकले हाल कायम चुक्तापुँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार ४५३.३६ रुपैयाँको ४ प्रतिशतले हुन आउने ६४ करोड ४८ लाख १८ हजार ४५८.१३ रुपैयाँबराबरको बोनस सेयर र ३.८३ प्रतिशतले हुन आउने ६१ करोड ७४ लाख १३ हजार ६७३.६६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्नेछ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी १२ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *