नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

डिसी नेपाल
३० कार्तिक २०७९ ११:००

काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफा ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

बैंकले हाल कायम चुक्तापुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार ३२३ रुपैयाँको ४ प्रतिशतले हुन आउने ७३ करोड २३ लाख १ हजार ६५३ रुपैयाँबराबरको बोनस सेयर र ७ प्रतिशतले हुन आउने १ अर्ब २८ करोड १५ लाख २७ हजार ८९३ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने भएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *